सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

शनिबार ६० जनामा कोरोना, ७२ जना निको, २ जनाको मृत्यु

दैनिक नेपाल २०७७ फागुन २९ गते १७:०८

काठमाडौँ, २९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ६० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ७२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार २ सय ४९ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय १५ जना रहेको छ ।

२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख १२ हजार ७ सय ९६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित