मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

छिट्टै वृद्धभत्ता ४ हजार पुग्छ: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन २९ गते १६:२०

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुग्ने बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चाँडै वृद्धभत्ता ४ हजार पुर्याइने घोषणा गरेका हुन् ।

यद्यपि उनले भत्ता कहिले बढाइनेबारे भने मिति उल्लेख गरेरनन् ।

‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुर्याएका छौँ । ५ हजार पुु–याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुर्याइहाल्छौँ । छिट्टै पुर्याउँछौँ हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’

प्रतिक्रिया
सम्बन्धित