सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

केही दिनमै मेलम्चीको पानी धारा–धारामा आउँछः प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ फागुन २९ गते १५:२५

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी केही दिनभित्रै धारा–धारामा वितरण हुने बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी केही दिनमा वितरण हुने बताएका हुन् ।

‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौं । हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ,’ उनले भने ।

सम्बोधनका क्रममा उनले आफ्नो कार्यकालमा धेरै विकासका गतिविधिहरु गरेको बताउँदै, सुखी नेपाली, समृद्ध नेपाल नारालाई सार्थक तुल्याउन लाग्दा आफ्नो खुुट्टा तान्ने कोसिस भएको बताए ।

‘हाम्रो विकासको गतिलाई कोभिड–१९ ले पनि रोक्न सकेन । हाम्रो विरोधीहरु र खुट्टा तान्नेहरुले पनि रोक्न सकेनन्,’ उनले भने, ‘हाम्रो पार्टीलाई बदनाम गराउने, हाम्रो पार्टीको चरित्र हत्या गर्ने कामहरु भए । देशलाई अस्थिरतातर्फ धकेल्ने स्थिरता हुन नदिने विकासको क्रममा बढ्न नदिने काम भए ।’

प्रतिक्रिया
सम्बन्धित