१३ कार्तिक २०८३, शुक्रबार

ओलीको निर्णय स्वीकार छैन: नेपाल पक्ष

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जिम्मेवारी हेरफेर स्वीकार नगर्ने निर्णय गरेको छ ।

नेपाल पक्षको शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकले ओलीले केन्द्रीय समितिबाट गरेका निर्णयहरु एकलौटी भएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको सो पक्षका नेताले जनाएका छन् ।

नेपाल पक्षले पार्टीको विधान विपरित भएका निर्णयको प्रतिवाद गर्ने जनाएको छ ।

नेताहरुले फेरबदलको निर्णय स्वीकार्य नभएको र प्रधानमन्त्री ओलीको एकलौटी निर्णय मान्न नसिकने बताए ।

अब कसरी अगाडी बढ्नेबारे थप छलफल गरेर निर्णय गरिने सो पक्षले जनाएको छ ।

एमालेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले नयाँ केन्द्रीय सदस्यहरु थप्नेदेखि पार्टीका विभिन्न पदको जिम्मेवारी हेरफेर गरेको थियो ।