१३ कार्तिक २०८३, शुक्रबार

डेढ अर्बमा बेच्न लागेको साढे दुई किलो यूरेनियमसहित ४ जना पक्राउ

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । काठमाडौँ टुसाल–६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियम सहित रामेछाप लिखु तामाकोशी– ५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी–५ घर भएकी ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको जानकारी दिए ।

युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त युरेनिएमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको उहाँले बताउनुभयो । उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

उनीहरु डेढ अर्ब रुपैयाँमा युरेनियम बेच्न ग्राहक खोज्दै हिँड्दा उनीहरु पक्राउ परेका हुन् । युरेनियमसहित पक्राउ परेको नेपालमा यो पहिलो घटना हो ।

पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले उक्त कार्यालयबाट भएका त्रैमासिक प्रहरी कारवाहीका मुख्य मुख्य उपलब्धीहरू, शान्ति सुरक्षा व्यवस्थापनमा परिचालित जनशक्ति, कारवाही तथा पुरस्कार सम्बन्धि विवरण, मुद्दा दर्ता संख्या, पक्राउ परेका व्यक्तिहरू लगायतका विषयमा प्रस्तुतीकरण समेत गरेका थिए ।