
काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलले दलको नेता नछानी बैठक सम्पन्न गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले अन्य राजनीतिक दलहरुसँग खुला छलफल गर्ने निष्कर्ष निकालेको छ । तर, जुन उद्देश्यका साथ बैठक आयोजना गरिएको थियो त्यो विषयमा भने धेरै छलफल नभएको बताइएको छ ।
आजको बैठकले दलको नेता छान्ने र दलको विधान पारित गर्ने तयारी थियो । तर, दुवै विषयमा सहमति नभकाले पार लगाउन जसपाले सकेन ।
दलको नेतामा महन्थ ठाकुर र उपेन्द्र यादवले दाबी गरिरहेका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया