१३ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रद्वारा चार सदस्यीय कार्यदल गठन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेकपा माओवादी केन्द्रले चार सदस्यीय कार्यदल गठन गरेको छ ।

दलको सङ्गठनात्मक कार्ययोजना प्रस्ताव गर्न चार सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यदलमा नेताहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य छन् ।

सो पार्टीको वुधबार बसेको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँगे्रस तथा जसपाका नेताहरुसँग भएको छलफलबारे जानकारी गराएका थिए ।

सरकारको विरोध गरिरहेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।