१३ कार्तिक २०८३, शुक्रबार

झापामा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ फागुन । झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

दुर्घटनामा सोही स्कुटीको पछाडि सवार चुलाचुली–४ कय ४० वर्षीय पूर्ण राई घाइते भई बिर्तामोडस्थित बिएडसी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि बस चालक झापा, अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीका ४० वर्षीय मानबहादुर पुरी तथा बस र स्कुटर इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । –रासस