
काठमाडौं, २५ फागुन । नेकपा (एमाले) नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल ओलीले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेकी छिन् ।
जिल्ला अदालत काठमाडौंमा आज मंगलबार उनले पन्तविरुद्ध मुद्दा दायर गरेकी हुन् । पन्तले सार्वजनिक कार्यक्रममा पिँडुला देखाएर ओली सांसद भएको टिप्पणी गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।
पन्तविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा मुद्दा दायर गरिएको हो । उक्त संहिताअनुसार पन्त दोषी ठहरिए पन्तले २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया