४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभा सदस्य ओलीबारे रघुजी पन्तको टिप्पणीप्रति चौतर्फी आलोचना

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल ओलीबारे निम्नस्तरको टिप्पणी गरेपछि चौतर्फी आलोचना हुन थालेको छ ।

उमेरका हिसाबले पनि बुबाको स्तरमा रहेका नेता पन्तले छोरीजस्ती ओलीबारे शनिबारको एउटा कार्यक्रममा निक्कै निकृष्ट र निम्नस्तरको टिप्पणी गरेपछि पन्त विवाद र आलोचनाको पात्र बनेका छन् ।

पछिल्लो समय आफूलाई नागरिक समाजका अगुवाका रुपमा समेत पहिचान बनाउने क्रममा प्रयासमा रहेका नेता पन्तले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रियसभा सदस्य समेत रहेकी ओलीप्रति टिप्पणी गर्दै आम नारीको समेत अपमान गरेको भन्दै सामाजिक सञ्जाल र सञ्चारका माध्यमहरुमा नेता पन्तको तीव्र आलोचना भइरहेको हो ।

पन्तले ओलीलाई पिडौंला देखाएर ‘पोइल जान पाम..’ गीत गाएपछि केपी ओलीले सांसद बनाएको अभिव्यक्ति दिएका छन् । उनले दिएको उक्त अभिव्यक्तिबारे दृश्य सामग्री (भिडियो) अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पन्तले पार्टीमा कोमल ओलीको कुनै योगदान नरहेको तथा विवाह नगरी पार्टीमा वर्षौं योगदान गरेका महिलाहरुले टिकट नपाएको बताएका छन् । तर, ओलीले पिडौंला देखाएकै भरमा राष्ट्रियसभा सदस्यको भूमिका पाएको उनको आरोप छ ।

महिलाको शरीरसँग जोडेर पन्तले दिएको अभिव्यक्तिले आम महिलालाई हेर्ने दृष्टिकोण अत्यन्तै निकृष्ट रहेको पुष्टि गर्ने भन्दै आलोचना भइरहेको हो । कोही पनि नारी अमुक पार्टीको नेतृ हुनुभन्दा पहिला समग्र देशको स्वाभिमान हुने, कसैको छोरी वा चेली हुने, कसैको आमा वा बुहारी हुने तर, अपमानको पात्र नहुने भन्दै उनको आलोचना भइरहेको हो ।

रघुजी पन्त जत्तिका बौद्धिक मानिने बामपन्थी नेताबाट पात्र जो भए पनि आम महिलाको स्वाभिमान र इज्जतमाथि धावा बोल्नेगरी अभिव्यक्ति आउनु निक्कै दुःखद् कुरा भएको टिप्पणी भइरहेका छन् ।

नारी हकहित र सुरक्षाको विषयमा आवाज बुलन्द पार्नुपर्ने नेताबाटै तुच्छ शैलीमा अभिव्यक्ति दिनु लज्जा र भर्तसनायोग्य भएको आम टिप्पणी छ ।

यो पनि पढ्नुहोस्–