मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नेकपाको हैसियतमा अन्तिम बैठक

दैनिक नेपाल २०७७ फागुन २४ गते २०:१३

काठमाडौँ, २४ फागुन । ओली प्रचण्ड नेकपाको हैसियतमा अन्तिम बैठक बसेको प्रचण्ड माधव पक्षका नेताहरुले बताएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको सो समहूको स्थायी समिति बैठकले सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै कार्यन्वयन गर्ने निष्कर्ष पनि निकालेको छ ।

नेता नारायणकाजी श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए । ‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ’ नेता श्रेष्ठको भनाई छ ।

उनले भने, ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीको बीचमा फेरि एकताको पहल भयो भने त्यही ढंगले हुनेछ । अब माओवादी केन्द्र र एमालेको प्रक्रिया अघि बढ्नेछ ।

त्यस्तै, प्रवक्ता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रकै हैसियतमा बसेको बैठकले गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित