
काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुन पार्टीको हो भनेर सोध्नेलाई अदालत जान चुनौती दिएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हिजो मैले बोलिनँ, प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहेका थिए,’ उनको भनाइ छ, ‘अब मैले सोध्नु नपरोस् – तपाईंहरू कुन पार्टीको ? भनेर । मलाई उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभयो । म साधारण सदस्य होइन पनि । अदालतले भन्यो नि– म कुन पार्टीको भनेर। हुँदा–हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ भन्छन् । सर्वोच्च अदालतमा सोध्न जाऊ कुन पार्टीको हो भनेर ।’
आइतबार संसद बैठकमा केही सांसदहरुले प्रधानमन्त्री कुन पार्टीको भनेर प्रश्न उठाएका थिए ।
ओलीले सर्वोच्च अदालतको दुवै फैसला आफ्नो विपक्षमा आएको भए पनि आफूहरुले त्यसलाई मानेर अगाडि बढेको बताए ।














प्रतिक्रिया