बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपा एमालेका नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी को कहाँ छन् ?

दैनिक नेपाल २०७७ फागुन २३ गते २२:२१

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ ।

करिब ३ वर्ष अघि दुई पार्टीबीच एकीकरण भएर बनेको नेकपाले वैधानिकता नपाएपछि ति पार्टीहरु पूर्ववत अवस्थामै स्वत फर्किएका छन् ।
जसमा नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी को कहाँ छन् त ?

१४ जना पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले उक्त पद रिक्त रहेको छ ।

ओली पक्षमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिवहरु प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ रहेका छन् ।

त्यस्तै, माधवकुमार नेपाल पक्षमा उपाध्यक्षहरु भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य रहेका छन् ।

त्यस्तै, अर्का उपाध्यक्ष वामदेव गौतम पछिल्लो राजनीतिक घटनाक्रममा तटस्थ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित