शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

धादिङमा कार्यरत रेडियोकर्मी श्रेष्ठद्वारा आत्महत्या

दैनिक नेपाल २०७७ फागुन २३ गते २१:५८

धादिङ, २३ फागुन । धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आत्महत्या गरेका छन् ।

आइतबार श्रेष्ठ आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिएका छन् ।

श्रेष्ठले धादिङवेशीको पुछारबजारस्थित आफू बसेकै कोठाको सिलिङ फ्यानमा पासो लगाएका खड्काले बताए । अहिले उनको शव पोस्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित