काठमाडौं, २१ फागुन । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४ डलर कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा वार्षिक प्रक्तिव्यक्ति आय ११ सय ५९ डलर थियो ।
राष्ट्रिय लेखा तथ्यांकका आधार परिवर्तनले अर्थतन्त्रको साइज मात्रै नभएर नेपालीको प्रतिव्यक्ति आय पनि बढेको छ । आधार वर्ष सन् २०००-१ हुँदा नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ डलर हुने भनिएकोमा नयाँ आधार वर्ष २०१०/११ अनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको हो ।
एक दशक अर्थात् १० वर्षमा नेपालको अर्थतन्त्रमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । विगत १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १४.७ प्रतिशतले बढेको राािष्ट्रय तथ्यांक विभागले देखाएको हो । विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अनुमान गरेको छ । आधार वर्ष परिवर्तन हुँदा नेपालको अर्थतन्त्र १४.१ प्रतिशतले बढेको हो । आधार वर्ष परिवर्तनसँगै अर्थतन्त्रको उपसूचक पनि १७ बाट विस्तार भएर २१ वटा पुगेका छन् ।
नेपालको कुल वार्षिक उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।
विभागका अनुसार सन् २०१०-११ मा आधार वर्ष परिवर्तन गर्ने सन्दर्भमा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ती उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको छ भने सो परिवर्तनले जीपीडीको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड रुपैयाँ पुग्ने देखिएको छ ।
विभागका अनुसार कुल ग्राहस्थ उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५, खानी तथा उत्खननमा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत्मा ४६.८, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुद्राका व्यापारमा २३.१, आवास तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा सञ्चारमा २.६ प्रतिशत, वितीय तथा बिमासम्बन्धी क्रियाकलापमा ३६.८, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापमा ५२, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको वृद्धि देखिएको छ ।
यस्तै, मानव स्वास्थमा १.२ प्रतिशत र औद्योगिक वर्गीकरण, कला, मनोरञ्जन तथा अन्य क्रियाकलापमा भने ८५.८ प्रतिशतले घटेको देखिएको छ ।
यसैगरी, कोभिड–१९ को प्रभावका कारण नेपालको आर्थिक अर्थतन्त्र ऋणात्मक भएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न लकडाउन र त्यसपछिको विभिन्न समयमा भएको निषेधाज्ञाको कारण नेपाली अर्थतन्त्रमा असर परेको विभागले जनाएको छ । पूर्णभक्त दुवालले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया