शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विष्णु रिमाल भन्छन्– प्रधानमन्त्रीले हाउसको सामना गर्छु भन्दा किन नहुने ?

दैनिक नेपाल २०७७ फागुन १५ गते १५:३०

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–माधव समूहका नेताहरुलाई २०५२ सालको घटना स्मरण गराएका छन् ।

खासगरी उनले पूर्वएमालेका नेताहरुलाई लक्षित गरेर सामाजिक सञ्जालमा लेख्दै मनोमोहन अधिकारीलाई प्रतिनिधिसभामा उत्पन्न परिस्थिति सामना गर्न लगाउनेहरुले केपी ओलीलाई त्यसबाट रोक्न नहुने धारणा समेत सार्वजनिक गरेका छन् ।

२०५२ सालमा मनोमोहन अधिकारीले हाउसको सामना गर्दा हुने केपी ओलीले त्यही प्रक्रिया अपनाउन किन नहुने भन्दै रिमालले नेताहरुसमक्ष प्रश्न समेत गरेका छन् ।

‘२०५२ सालमा पनि थियौं र अहिले पनि छौं । दुई प्रधानमन्त्रीहरू । मनमोहन अधिकारी र केपी शर्मा ओली,
राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं ? भनेका थियौं, त्यसै गर्दा अहिले चाहिँ नहुने किन रहेछ ?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

केपी ओलीविरुद्ध विभिन्न षडयन्त्र भइरहेको र कसैको स्वार्थ पूरा गर्न/गराउन प्रचण्ड–माधव समूहले तत्काल राजीनामाको रटान दिइरहेको आशय रिमालले व्यक्त गरेका छन् ।

प्रचण्डले शुक्रबार एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै अब बन्ने सत्ता समकरणले भारतलाई समेत सहजता प्रदान गर्ने तथा भारतको चित्त बुझाउन सक्दा मात्रै नेपालमा राजनीतिक स्थिरता हुने बताएसँगै रिमालको यस्तो धारणा सार्वजनिक भएको हो ।

यो पन पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित