बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अध्यक्ष प्रचण्डले दिए यस्ताे आपत्तिजनक अभिव्यक्ति

दैनिक नेपाल २०७७ फागुन १४ गते २२:१६

काठमाडौँ, १४ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भारतसँग सम्बन्ध नबनाई नेपालमा स्थायीत्व नहुने बताएका छन् ।

प्राइम टेलिभिजनमा एक अन्तर्वाताका क्रममा प्रचण्डले भारतसँग इतिहास, संस्कृतिलगायतले विशिष्ट सम्बन्ध भएको बताउँदै नेपाली काँग्रेस र जसपासँग मिल्नु भनेको भारतलाई पनि कम्फरटेबल समीकरण हुने बताए ।

‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फ़र्टेवल समीकरण हुन सक्दैन’ – प्रचण्डले भने ।

भारतलाई समेत कम्फरटेबल हुने गरी नेपालमा सरकार बनाउन लागिएको उनको आशय थियो ।

उनले भारतलाई कम्फरटेबल बनाउन काँग्रेस र जसपासँग मिल्नुपर्ने बताएका छन् ।

यसअघि भारत भ्रमणका क्रममा नेपालको राजनीतिमा हस्तक्षेप गर्नुपर्यो भन्ने अभिव्यक्ति दिएर प्रचण्ड आलोचित बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित