शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

‘आत्मिक असन्तुलन’

वीवी श्रेष्ठ २०७७ फागुन १५ गते ९:१८

वीवी श्रेष्ठ

गतिशीलताको यो वृहत समाजभित्र भौतिकता घुलन जस्तै मस्तिष्कमा आत्मिक सन्तुलनको गति कसरी मापन होला ? सोँचको विविधतामा हुने अस्वाभाविक परिवेशले जीवन नै धर्मराउने तत्वलाई निराकरण गर्न सक्ने ल्याकत कसरी राख्ने ? विश्वको परिवेशमा जतिसुकै समाजिक प्राणी भएता पनि सवैभन्दा अस्थिर जीवन नै मानव जातिको हो । देखिने जीवन र भोगिने जीवनको वीचमा देखिने खाडल देख्न आत्मिक नयनविना सम्भव हुँदैन । सतहीमा जीवन जीउनेको भीडमा हेर्दा जीवन समान्य लागेता पनि त्यो सत्य होइन, सोँचको विविधताभित्र रहेर नै जीवनको परिभाषा फरक फरक पाउन सकिन्छ ।

भौतिक शरीरभित्रको आत्मिक सुन्दरता अनुपम भएता पनि त्यही आत्मा भित्र जल्ने पीडाहरूको जननी खोज्नुपर्ने आवश्यकता भएको छ । सोँचको विकास मस्तिष्कवाट भएता पनि त्यो सोँचको मापन गर्ने ल्याकत खोज्नुपर्ने वेला भएको छ । विचारको प्रस्फुटन सकारात्मक एवं नकारात्मक भएता पनि त्यसको प्रयोग महत्वपूर्ण हुने रहेछ । त्यही विचारको समुचित प्रयोग नहुँदा मानसिक रुपमा पर्ने असल असह्ैय हुने रहेछ । प्रयोगको विधिले विचारमा आउने विविधतालाई प्रभाव पार्ने रहेछ । मस्तिष्कमा उभारित ज्वालाको प्रभावले भौतिक शरीरलाई स्वत निष्क्रिय बनाइदिने रहेछ । गतिशीलता समयमा मात्र हैन, वातावरणीय प्रतिकुलतामा पनि पर्ने असरले सजीव प्राणी सवैमा प्रभाव पार्दो रहेछ । सधै एकैनासको पल नहुने सत्यतामा घुल्न नसक्दा जीवनमा हुने समान्य उथुलपुथलले समेत धेरै ठूलो ज्वाराभाटा पैदा गर्दो रहेछ ।

आत्मा र मस्तिष्कको कम्पनलाई कसरी सन्तुलन बनाउने ? कहिल हुने मस्तिष्क किन केहि समयको अन्तरालमा नै निष्क्रिय वन्दछ ? मस्तिष्कमा आउने सोँचहरू किन यति धेरै अस्थिर हुन्छन होला, वर्षायामको खहरे झै ? यहि मस्तिष्कको पदचापलाई सधै एकनासको वनाउन किन सकिदैन ? परिवेशको यो अनन्य जस्तै हुने हलचल नै प्रकृति रहेछ । सोँच्नु र व्यवहारमा उतार्नु समान्य जस्तै लागेता पनि यसको धरातल विशाल रहेछ । यहि सोँचको धुव्रीकरणले नै मानव जातिमा देखिने विभिन्न गतिविधीहरू जीवनका अंगहरू रहेछन् । आफ्नो सोँचिएको त्यो अंगहरू आफ्ना होइनन् । आत्मरतिको त्यो मनोगत भावनाले सवैलाई आफ्नो वशमा पारेको हुँदो रहेछ । प्राप्तिको नाममा गरिने अनेक तिकडम त कमजोर मानसिकताको घोतक मात्र रहेछ ।

सारमा समान देखिने जीवनहरू सोँचमा भने पृथक रहेको हुदो रहेछन् । प्राप्तिको परिभाषालाई सोचिय अनुकुलतामा प्रभाव पार्नेहरू जति कुर्लिए पनि त्यो फगत मिथ्या मात्र रहेछ । सुख र खुशीको परिभाषा प्राप्तिमा मात्र हुन्छ भन्ने अन्धविश्वासमा जकडिएकाहरूका विश्लेषण पनि पूर्ण होइन रहेछ । जुन समाजको अपव्ययमा जीवन गुजार्नेहरूको शैलीमा पाइन्छ । आवश्यकीय भौतिक वस्तुको उपलव्धता र निर्माण मानव जातिको नै भएता पनि त्यसमा निर्माण गरिने जौविक तत्वहरू प्राकृतिकीय देन नै हो । वस्तुको महत्व समान हुन सक्दैन, तर त्यसको उपस्थिती विना त्यति सहज हुँदैन । जसको जे जस्तो भूमिका र महत्व भएता पनि सारमा भने सोँचको विविधताभित्रको एउटा रुप मात्र हो । जुन सवैले निश्चित ठाउँमा अवलम्वन गरिरहेको हुन्छन् ।

भौतिक शरीरले सोँचको विकास गर्दछ वा सोँचले भौतिक शरीरलाई चलायमान गराउँदछ ? या सोँच र भौतिक शरीरलाई वातावरणले अधिनस्थ राख्दछ ? यसको आभास भई कार्यन्वयनको चरणमा जान्छ, जीवनको परिभाषा नै पृथक हुन्छ । यो सोँचलाई अधिनस्थ वा काबुमा राख्ने सामथ्र्य कमैमा रहला । कल्पना र मायारुपी मोहभन्दा वाहिर गएर सोँचिने यो विषय समान्य जीवनभित्र राखेर हेर्न सकिदैन । जटिल प्रकृतिको विषयमा सोच्ने हिम्मत त्योभन्दा बढी जटिल सोँच र सामथ्र्य हुनुपर्दछ । यसका लागि यहि प्रवृत्ति सहज मानिदैन ।

जसरी पल रोक्न सकिदैन, त्यसरी नै सोच पनि रोक्न सकिदैन, अन्य भौतिक वस्तु समेत प्रकृतिको अनुपमभित्र हार मानेको सन्दर्भमा अनुहारमा देखिएको चाउरीपन मात्र देख्नु भनेको मुर्खता मात्र हो । समाजिक गतिविधि, परिवेश सारथीमा हो, साध्य त सोच नै हो । सफलता भौतिकताामा मात्र हैन, आत्मिकतामा लुकेको हुन्छ भन्ने तथ्य जवसम्म सोच्ने हिम्मत हुँदैन, जीवनलाई नजिकवाट नियाल्न सम्भव हुँदैन ।

व्यक्तिमा देखिने, दम्भ, मुर्खता भनेको साधन मात्र रहेछ, जीवनको यो महासागर भित्र छिरेर हराउने धृष्टता कमैले गर्दा रहेछ । किनकी त्यो महासागर भौतिक समाज जस्तो सहज हुँदैन । यथार्थताको त्यो सूत्रमा छिर्नु भनेको मानविय जीवन नरक जस्तो लाग्दछ आम समाजलाई । तर त्यो नै वास्तविक जीवनको चित्रण हो ।

वातावरण, सोच र आत्मिक असन्तुलनको मेल नै समाजको तत्व हो । त्यहि तत्वमा हामी आश्रित छौ । त्यो तत्वभन्दा वाहिर वाँच्ने कल्पनाले यो अहिलेको जीवन सँग मेल खाँदैन । मस्तिष्कमा देखिने विचलित सोचहरू जीवन विताउने मेलो हुन् । एकमना सोचमा तगारो लगाउने तत्वहरू समाजको हरेक वायु र वस्तुकको कण कणमा अन्योन्याश्रित तवरले चलायमान बनेका छन् । त्यहि स्वचालित कणहरूलाई आत्मासाथ गरे वाँच्ने पल नै जीवन हो ।

मस्तिष्क र सोचको गतिलाई एकाकार वनाउनु भनेको असम्भवप्राय हो । मस्तिष्क आफैमा निर्मल हुन्छ । समाजिक तत्व र वातावरीणय प्रभाव नै मस्तिष्कलाई प्रभाव पार्ने मुल तत्वहरू हुन् । यहि समाजिक र वातावरणीय तत्वको सकारात्मक ग्रहण नै मस्तिकका अपव्यय हुन् जसले जीवनका साध्य वुझन महत्वपुर्ण भुमिका खेल्दछ । मस्तिष्कमा देखिएको सोचले नै जीवनको रेखा तय गर्दछ । त्यो आत्मिक सन्तुलन र असन्तुलनका रुपमा पनि देखिन सक्दछ ।

प्रतिक्रिया
सम्बन्धित