बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

ओपोद्वारा एमडब्ल्यूसी शंघाईमार्फत फ्ल्याश चार्जको प्रदर्शनी

दैनिक नेपाल २०७७ फागुन १४ गते ७:३८

शंघाई, १४ फागुन । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ ।

कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनीका साथमा गरिएको थियो ।

कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि फ्ल्याश चार्ज प्रविधिको भाविष्यका बारेमा अन्तरक्रियाका लागि सहभागी भएका थिए ।

जम्मा २० मिनेट भित्रै ४ हजार एमएएच क्षमताको फोन ब्याट्रीलाई १००% चार्ज गर्ने क्षमता सहितको १२५वाट फ्ल्याश चार्जर लगायतपनि ओपो स्ट्याण्डमा प्रदर्शनीका लागि राखिएको थियो ।

त्यसैगरी, सोही क्षमताको ब्याट्रीलाई मात्र ३० मिनेटभित्र पूर्ण चार्ज गर्ने क्षमता सहितको ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज उत्पादन तथा ओपोका प्रोप्राइटरी प्रविधिहरु लाईसेन्ड गरेका विभिन्न पार्टनर्सहरुका उत्पादनहरु पनि प्रदर्शनीमा रखिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित