शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्ड–वामदेव भेटवार्ता : पार्टी एकताका लागि आह्वान गर्ने समझदारी

दैनिक नेपाल २०७७ फागुन १३ गते १३:०१

काठमाडौं, १३ फागुन । वैधानिक रुपमा एउटै तर व्यावहारिक रुपमा दुई टुक्रा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनः एकढिक्का बनाउन प्रचण्ड–माधव समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बामदेव गौतमबीच समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भावी सरकार निर्माण तथा राजनीतिमा कुनै पनि सहकार्य नगर्ने अडानमा प्रचण्ड छन् । तर, पार्टी एकतालाई निरन्तरता दिन भन्दै एउटा छुट्टै समूह खडा गरेर बसेका नेता बामदेव गौतमसँग बिहीबार बिहान खुमलटारमा भएको भेटवार्तापछि प्रचण्ड ओलीसँगको सहकार्यका लागि समेत राजी भएको बताइएको छ ।

गौतमसँगको भेटपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षधर नेता कार्यकर्तालाई पार्टी एकताका लागि आव्हान गर्ने भएका छन् । यद्यपि, प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधिसभा विघटनको कदमप्रति भने ओलीले आत्मालोचना गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

साथै ओली समूहमा गएकाहरुलाई पनि फर्कन प्रचण्डले आह्वान गर्ने भएका छन् । त्यस्तै ओली समूहमा लागेका नेता तथा सांसदहरुलाई पनि ओलीकै स्वभावको कित्तामा राखेर नहेर्नेमा आफूहरु स्पष्ट रहेको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित