शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कानूनी रूपमा नेकपा एउटै दल हो, थप निर्णय आउँदैन : निर्वाचन आयोग

दैनिक नेपाल २०७७ फागुन १३ गते ११:१७

काठमाडौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे थप निर्णय नगर्ने बताएको छ ।

कानूनी रुपमा नेकपा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल थप कुनै निर्णय नगर्ने निष्कर्षमा आयोग पुगेको हो ।

प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाबारे यसअघिकै निर्णयलाई निरन्तरता दिँदै आयोग आधिकारिकतासम्बन्धी विवादमा प्रवेश नगर्ने भएको हो ।

आधिकारिकताका लागि तोकिएको हदम्यादभित्र दुवै पक्षले दाबी नगरेको, राजनीतिक दलसम्बन्धी ऐन, नियमावली, पार्टी विधान एवं पार्टीको परिपत्रअनुसार कानूनी रूपमा नेकपा एउटै भएको र विधानअनुसार दुवै अध्यक्षको सहमतिमा महासचिवले डाकेको बैठक आधिकारिक हुने निर्णय आयोगले गत माघ ११ गते नै गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएको र निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद नटुंग्याएका कारण प्रचण्ड–नेपाल पक्ष अलमलमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित