४ कार्तिक २०८३, बुधबार

सर्वोच्चको फैसलाबारे माधव नेपालले कसलाई गरे हिन्दी भाषामा ब्रिफिङ ? (हेर्नुहोस् भिडियो)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै यतिबेला विघटनको निर्णयमा असहमति राख्ने पंक्ति खुशीयालीमा व्यस्त छ ।

त्यतिमात्र होइन प्रतिनिधिसभा विघटनलाई प्रधानमन्त्रीको बाध्यात्मक कदम भन्नेहरु पनि मंगलबार सर्वोच्च अदालतले गरेको फैसलाप्रति सकारात्मक नै देखिन्छन् । तर, फैसलासँगै बाहिरिएको एउटा भिडयो र भिडियोमा नेता माधवकुमार नेपालले गरेको ब्रिफिङले भने गम्भीर आशंका पैदा गरेको छ ।

सर्वोच्चले फैसला गरेको केही घण्टा वित्न नपाउँदै बाहिरिएको उक्त भिडियोमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा नेता माधवकुमार नेपालले हिन्दी भाषामा सर्वोच्चले गरेको निर्णयबारे कसैलाई ब्रिफिङ गरेको र बधाई खाइरहेको दृश्यले नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति गम्भीर आशंका पैदा भएको हो ।

भारतका कतिपय नेताहरुले समेत सर्वोच्चको फैसलालाई लिएर आ–आफ्नो प्रतिक्रिया जनाइरहेका बेलामा नेता नेपालले गरेको उक्त ब्रिफिङले नेपालमा राजनीतिक अस्थिरता चाहाने तत्व बाहिरकै भएको र उक्त तत्वको गोटी नेपाली नेताहरु बनेको आभाष भिडियोले दिलाउँछ ।

सर्वोच्चले फैसला गर्ने समयमा प्रचण्ड र माधवकुमार नेपाल चितवन पुगेका थिए । बुधबार हुने सभालाई सम्बोधन गर्न चितवन पुगेका नेताद्वयले सर्वोच्चको फैसलाबारे उतै चाल पाए ।

चितवनको एक होटेलमा बसेका उनीहरुले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया र हिन्दी भाषामा गरिएको ब्रिफिङकाबारे भिडियो सार्वजनिक भएको हो । होटेलमा बसिरहेका बेला प्रचण्डले कुनै सञ्चार माध्यमका पत्रकारलाई प्रतिक्रिया दिदै गरेको र सँगै रहेका माधव नेपाल भने कसैसँग टेलिफोनमा सम्बाद गर्दै गरेका छन् ।

प्रचण्डको कुराकानी सामान्य भए पनि माधव नेपालले भने असामान्य रुपमा हिन्दी र अङ्ग्रेजी भाषामा घटनाक्रमबारे कोही व्यक्तिलाई जानकारीका साथै थप बुझाउने प्रयत्न गरिरहेको देखिन्छ ।

हेर्नुहोस् भिडियो–

https://youtu.be/uRetdxbgidg

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसकेका छन् ।

त्यस्तै भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले नेपालको सर्वोच्च अदालतले लिएको निर्णयले नेपालका संस्थाहरु प्रजातान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस्-

संसद पुनर्स्थापना भएपछि भारत खुशी, मोदीका विश्वास पात्रले के भने ?