
काठमाडौँ, ११ फागुन । नेपालको संसद पुनर्स्थापना भएको क्षणभरमै सत्तारुढ भारतीय जनता पार्टीका नेता सबैभन्दा बढी खुशी भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिने सुब्रामानियन स्वामी लेख्छन, ’नेपालबाट शुभ समाचार आएको छ, नेपाल–भारत सम्बन्ध नयाँ ढंगले अघि बढ्नेछ । म नेपालका प्रजातान्त्रिक नेताहरुसँग सम्पर्कमा छु ।’
स्वामीले सर्वोच्चले १३ दिनभित्र संसद पुनर्स्थापना गरी बैठक आह्वान गर्न आदेश जारी गरेकोमा खुशी व्यक्त गरेका हुन् ।
यसरी भारतीय प्रधानमन्त्री मोदीका विश्वास पात्रले नै यस्तो प्रतिक्रिया दिनुले विश्लेषकहरुले नेपालमा अझै पनि स्वतन्त्र निर्णय कार्यान्वयनमा चुनौती रहेको संकेत गर्ने बताउँछन् ।
















प्रतिक्रिया