काठमाडाैं, १० फागुन । चालु वर्षको पुससम्म १ हजार ४ सय २७ वटा घटना प्रहरीमा दर्ता भएका छन्। यी घटनामा पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरी प्रवक्ता कुँवरका अनुसार यो तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजानेकै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका छन्।
हाडनाताभित्र पर्ने हजुरबुबा, बुबा/झड्केलो बुबा, ससुरा, काका, मामा, ठूलोबुवा, ठूलोबुवाका छोरा, मामाका छोरा, देवर, जेठाजु, श्रीमान्, भदासम्म बलात्कारमा संलग्न रहेको देखिन्छ। त्यसैगरी घरमालिक, केटासाथी, छिमेकी, भिनाजु, शिक्षक पनि संलग्न देखिन्छन्।
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङ नैतिक शिक्षा अभावका कारण हाडनाता करणीका घटना बढ्दै गएको बताउँछन्। ‘पहिला मानिसमा नैतिक चेतना हुनुपर्यो। यो काम ठीक र यो काम बेठीक भनेर छुट्याउन नसक्ने कोही पनि सामाजिक प्राणी हुनै सक्दैन’, विभाग प्रमुख चेम्जोङ भन्छन्, ‘मानिसहरू विलासितामा रमाउँदै गर्दा उसमा नैतिक चेतनाको ह्रास पैदा हुन थाल्यो। जसले राम्रा र नराम्रा काम छुट्याउनै सकेन।’
नैतिक शिक्षा पाठ्यक्रमबाट हटेपछि व्यक्तिले नैतिक ज्ञान, समाज के हो ? समाजमा कसरी बस्नुपर्छ ? जस्ता ज्ञानवद्र्धक कुरा विद्यालयस्तरबाटै सिक्ने मौका गुमाएको चेम्जोङ बताउँछन्।
प्रहरी केन्द्रीय प्रवक्ता कुँवर प्रहरी–समुदाय साझेदारी कार्यक्रममार्फत चेतना अभिवृद्धि गराउँदा पनि समाज अझै रुपान्तरण हुन नसकेको बताउँछन्। ‘हामीले बलात्कार मात्रै होइन, महिला, बालबालिकाविरुद्ध आपराधिक घटना हुन नदिन धेरै पटक गाउँ–गाउँमा पनि सम्झाउने बुझाउने गरिसक्यौं’, प्रवक्ता कुँवर भन्छन्, ‘तर, घटना रोकिएको छैन। न्यूनीकरण भने भएको छ।’ अन्नपूर्ण पाेस्ट दैनिकमा सुवास गाेतामेले समाचार लेखेका छन् ।















प्रतिक्रिया