३१ आश्विन २०८३, शनिबार

सिंहदरबारभित्रका क्यान्टिनहरूलाई कारबाही

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ८ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिहंदरबारका विभिन्न मन्त्रालय परिषरभित्र सञ्चालित क्यान्टिनको अनुगमन गरी कारबाही थालेको छ ।

विभागको अनुगमन टोलीले शुक्रबार सिंहदरबारको केन्द्रीय क्यान्टिनसहित अर्थ मन्त्रालय र आफ्नै तालुकवाला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिषद्मा सञ्चालित क्यान्टिनको अनुगमन गरेर आवश्यक मापदण्ड पालना नगर्नेलाई कारबाही थालेको हो ।

तालुकवाला वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनबाट आएको गुनासोका आधारमा अनुगमनका लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिषद्मा रहेको केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना गरेको जनाएको छ ।

उक्त क्यान्टिन सञ्चालकले व्यवसायी फर्मअन्तर्गत दर्ता वा नवीकरणका आवश्यक कागजात देखाउन नसकेको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार वाणिज्य मन्त्रालय परिषद्मा रहेको क्यान्टिनको अनुगमनका क्रममा म्याद नाघेका पानी रपेय पदार्थ भेटिएकाले दुई हजार सात सय बराबरको पानी र पेय पदार्थ नष्ट गरिएको छ । गोरखापत्र दैनिकले समाचार छापेकाे छ ।