८ कार्तिक २०८३, आइतबार

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ ।

स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा (लेण्डिंग अ्याज ए सर्भिस एलएएएस) हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख रुपैयाँ सम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्नेछ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो ।

यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पूर्वस्वीकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ ।

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ ।