८ कार्तिक २०८३, आइतबार

टाटाका गाडीहरूको प्रि–बुकिङ खुल्ला, साथमा उपहारहरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिद्वारा टाटाका गाडीहरूको नेपाली बजारमा प्रि–बुकिङ खुल्ला गरिएको छ ।

भारतीय स्टयाण्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरूको प्रि–बुकिङ खुल्ला गरिएको हो ।

न्यु फरेवरको अवधारणासहित अत्याधुनिक प्रविधियुक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फोर स्टार रेटिङ्ग पाएका टाटाका यी गाडीहरूले सबैको मन जित्ने विश्वास लिइएको छ ।

प्रि–बुकिङ गर्ने पहिलो एकसय जना ग्राहकलाई विभिन्न आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारअन्तर्गत ग्राहकले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, एक वर्षको निः शुल्क सर्भिसिङ्ग र निः शुल्क जेन्युइन् एसोसेरिजहरु प्राप्त गर्न सकिने सिप्रदीले जनाएको छ ।