
रोल्पा, ३० माघ । गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका ६ धर्मशाला बस्ने ३७ वर्षीय आईत बहादुर परियार समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ४० किलो गोरुको मासु सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया