आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

दैनिक नेपाल २०७७ माघ ३० गते ९:०२

काठमाडौं, ३० माघ । ओपोले चचियाङ विश्वबिद्यालयका साथमा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ ।

ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि तेवा पु¥याउनु हो ।

प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी ¥याकिंङ अनुसार यो ५३औँ स्थानमा रहेको छ ।

संयुक्त अनुसन्धान परियोजना अन्तर्गत ओपो र चचियाङ युनिभर्सिटीले आधारभूत रंग विज्ञानका विषयहरू, रंग प्रविधि, प्राविधिक मानक र प्रतिभा विकासका लागि अध्ययन कार्य गर्नेछ ।

ल्याबले आधारभूत रंग विज्ञान अन्तर्गत आफ्नो अनुसन्धानलाई निरन्तरता दिँदै बृहत्त कलर भिजन डाटाबेसको स्थापना गर्नुका साथै, भिज्यूअल फञ्शन र कलर मोडल्सको विकास गर्दै तिनका ब्यवहारिक अनुप्रयोगका बारेमा अध्ययन गर्नेछ ।

ल्याबको अर्को प्रमुख लक्ष्यका रुपमा उद्योगकै अग्रणी उत्पादनहरुको डिजाइनमा उच्च गुणस्तरीय रंग ब्यवस्थापन क्षमताका साथै कलर ईञ्जिनियरिङ अन्तर्गतका ब्यवहारिक समस्याको समाधानार्थ एक्स्क्ल्यूजिव कलर टेक्नोलोजी प्ल्याटफर्मको स्थापना हो ।

ओपोले बैज्ञानिक प्रतिभा तथा क्षमताको विकासका लागि सक्दो भूमिका निभाउने सोचका साथ बिस्तृत योजनाको खाका तयार पारेको छ ।

सान्दर्भिक प्रशिक्षण कार्यक्रमहरूमार्फत विलक्षण प्रतिभा भएका ईञ्जिनियर्सलाई ओपो आरएण्डडी समूहमा प्राथमिकताका साथ प्रवेश दिँदै तिनलाई आफ्ना सैद्धान्तिक अवधारणाहरुलाई ब्यवहारमा उतार्न सहयोग प्रदान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित