आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

“भ्यालेन्टाइन्स डे”को अवसरमा गरगहना खरिदमा बैंक अफ काठमाण्डुले ल्यायो यस्तो अफर

दैनिक नेपाल २०७७ माघ २९ गते १४:१६

काठमाडौँ, २९ माघ । बैँक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ ।

सामान्यतया भ्यालेन्टाइन्स डेमा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ ।

यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहक महानुभावहरुलाई गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ । ईएमआई सुविधामा ग्राहक महानुभावहरुले रु. ४० हजार देखि रु. ५ लाखसम्मको गरगहना खरिद गर्न सक्नुहुनेछ ।

साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहक महानुभावहरुले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नुहुनेछ र १२ महिनाको भुक्तानी अवधिमा ग्राहक महानुभावहरुलाई २ महिनाको किस्ता छुट हुने जानकारी बैंकले गराएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित