बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ २७ गते १२:१७

काठमाडौं, २७ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली निर्वाचन तयारी र पार्टीको विवादलगायत विषयमा कुराकानी गर्न आज निर्वाचन आयोग पुगेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार करिब १२ बजेको समयमा आयोग पुगेका हुन् । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओली आयोग पुगेका हुन् ।

त्यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १७ गते ४० जिल्ला र बाँकी ३७ वटा जिल्लामा वैशाख २७ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्री ओली आज निर्वाचन आयोग पुगेका हुन् ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित