बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पहिलो चरणमा ४० जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

दैनिक नेपाल २०७७ माघ २७ गते ११:५४

काठमाडौं, २७ माघ । सरकारले पहिलो चरणमा ४० वटा जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिएको जानकारी अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा चुनाव हुने छ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ ।

चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा जाँदै छन् ।

प्रतिक्रिया
सम्बन्धित