४ कार्तिक २०८३, बुधबार

नयाँ प्रजातीको कोरोनाबाट अमेरिकामा ६०० भन्दा धेरै संक्रमित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रजातीको कोरोना भाइरसको संक्रमणबाट अमेरिकमा ६१८ जना बिरामी परेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावमा परेको अमेरिकामा नयाँ प्रजातीको भाइरसको खतरा पनि उत्तिकै बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकाको ३३ वटा राज्यमा नयाँ प्रजातीको भाइरस देखिएको छ ।

अमेरिकामा हाल २ करोड ७४ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यसमध्ये १ करोड ७१ लाख ४६ हजार १ सय ६९ जना निको भइसकेका छन् भने ४ लाख ७० हजार ७०५ जनाको मृत्यु भइसकेको छ ।

यसै सन्दर्भमा अमेरिकामा भने नयाँ भाइरसको त्रास बढेको हो ।

हाल विश्वमा कोरोनाका बिरामीहरुको आँकडा १० करो ५८ लाखभन्दा धेरै छ । ७ करोड ७५ लाखभन्दा धेरै मानिस निको भइसकेका छन् भने २३ लाख ७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

यो पनि पढ्नुहोस्-