४ कार्तिक २०८३, बुधबार

विश्वभर ७ करोड ७६ लाख कोरोना संक्रमित निको

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २४ माघ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । शनिबार बिहानसम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ७० हजार ४१८ जनाको मृत्यु भएको छ ।