
काठमाडौं, २३ माघ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजधानीमा बृहत् जनसभाको आयोजना गर्दै छ ।
विभिन्न तहका विद्यार्थीहरुको जारी परीक्षालाई दृष्टिगत गर्दै नेकपाको ओली पक्षले आज नारायणहिटी संग्रहालयअगाडि बृहत् जनसभा आयोजना गरेको बताइएको छ ।
उक्त जनसभामा काठमाडौँ उपत्यकाका साथै बागमती प्रदेशका १३ वटै जिल्लाबाट कार्यकर्ताहरु र समर्थकहरु सहभागी हुने उनले बताइएको छ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता एवं संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ जनसभा गर्न लागेको आयोजक एवं नेकपा बागमती प्रदेश सङ्गठन कमिटीकाका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए ।
पोखरेलका अनुसार प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आम जनसमुदायमा पार्टीको सन्देश दिन सभा आयोजना गरेको बताए ।
उनले सभा आयोजना एवं परिचालन गर्न पार्टीका काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी पनि गठन गरिएको जानकारी दिए ।
सभाको पूर्व तयारी सबै सकिएको बताइएको छ । सभाबारे प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास समेत गरेको थियो ।
यसअघि प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार काठमाडौंमा मोटरसाइकल र्याली निकालिएको थियो ।
आजको जनसभाका लागि काठमाडौँ उपत्यकाका त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, बागबजार, प्रदर्शनी मार्ग, घण्टाघर, न्यूरोड, टेकु, बसन्तपुर, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्याली निकालिने जनाइएको छ ।
र्याली निकालिँदा सर्वसाधारणको आउजाउका लागि सहज वातावरण बनाएर आफ्ना कार्यक्रम अगाडि बढाइने नेता पोखरेलको दाबी छ । सर्वसाधारणका सहजताका लागि ट्राफिक प्रहरीसँग मिलेर व्यवस्थान गरिरहेको उनको भनाइ छ ।
यस्तो छ र्यालीको रुट र जिम्मेवार क्षेत्र

यो पनि पढ्नुहोस्–















प्रतिक्रिया