काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
ओली समूहको वागमती प्रदेशले गर्ने जनसभामा प्रधानमन्त्री ओलीसहितका तीन शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
नारायणहिटी गेट अघिल्तिर दरबारमार्गमा दिउँसो १२ बजे जनसभा शुरु हुने ओली समूहका नेताहरूले बताएका छन् ।
काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शनसहित कार्यकर्ताहरूले र्याली निकाल्ने तयारी भइरहेको छ । दरबारमार्गमा भब्य मञ्च बनाइएको छ । मञ्चमा ठूलो डिजिटल स्क्रीन राखिएको छ । ठूलाठूला माइक राखिएका छन् । सबैलाई ओलीको भाषण सुन्ने व्यवस्था गरिएको छ । विभिन्न सञ्चारमाध्यममा लाइभको व्यवस्था पनि गरिएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएको छ । कानूनी रुपमा नेकपा विभाजन नभएपनि गतिविधिहरू अलग अलग भएका छन् ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेको भन्दै विरोधका कार्यक्रम गरिरहेको छ । ओली समूहले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।
विरोधस्वरुप बिहीबार प्रचण्ड–नेपाल समूहले आमहड्ताल गरेको थियो । प्रचण्ड–नेपाल समूहले ओलीको आजको कार्यक्रम विथोल्न नेपाल बन्द गरेको आरोप छ ।















प्रतिक्रिया