१० कार्तिक २०८३, मंगलबार

चितवनमा वडाध्यक्षको निधन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।

लामो समयदेखि कलेजो पीडित रहेका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन् । उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए । रानामगरको श्रीमती र एक छोरी रहेकी छिन् । उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । –रासस