धनगढी, २० माघ । किशोरीलाई अपहरण गरेर जर्बजस्ती करणी गरेको अभियोगमा बैतडीको मैलौली नगरपालिका कार्यरत अन्दाजी २८ बर्षीय इन्जिनियर रोशन चन्दलाई २९ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सोमबार इन्जिनियर चन्दले १७ वर्षीया नावालिका किशोरीलाई जर्बजस्ती अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै २९ बर्ष ६ महिना कैद सजाय, दुई लाख जरिवाना र दुई लाख ५० हजार रुपैयाँ पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
नाबालिका किशोरीलाई शरीर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै शरीर बन्धक बनाएर अपहरण गरेको अभियोगमा ८ वर्ष ७ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै ब्यक्तिले अपहरण र नाबालिकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० वर्षगरि कुल २९ वर्ष छ महिना कैद सजायको फैसाला सुनाईएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ ।















प्रतिक्रिया