
काठमाडौँ, १८ माघ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्तिको संवैधानिक परिषदको फाइल फिर्ता पठाएका छन् ।
सापकोटाले संसदीय सुनुवाइका लागि संघीय संसद सचिवालयमा संवैधानिक परिषद्ले पठाएको सक्कल फाइल फिर्ता पठाएका बताइएको छ ।
परिषदले सचिवालयलाई संवैधानिक नियुक्ति सुनुवाईका लागि फाइल पठाएको थियो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि संसदीय समिति बस्न नसक्ने हुनाले सुनुवाइ गर्न नसकिने अवस्था रहेको भन्दै सापकोटाले फाइल फिर्ता पठाएका हुन् ।
सापकोटाले संसद नै नभएको अवस्थामा सुनुवाइका लागि सिफारिस गर्न नसकिएको भन्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु संविधानविपरीत रहेको र नयाँ अध्यादेशअनुसार गरिएको नियुक्ति पनि कानुनसम्मत नभएको पनि पत्रमा उल्लेख गरेका छन् ।
यसअघि पनि संवैधानिक पदाधिकारीको नियुक्ति फिर्ता भएको नजिर रहेको पत्रमा उल्लेख गर्दै फाइल फिर्ता गरेको हो ।
















प्रतिक्रिया