१२ कार्तिक २०८३, बिहिबार

नेकपा प्रचण्ड–माधव समूहले बोलायो केन्द्रीय कमिटी बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सो समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

केन्द्रीय कमिटीमा संसद पुनस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने लगायत विषयमा छलफल हुने बताइएको छ ।

पुस ७ देखि ९ गतेसम्म सो समूहको केन्द्रयि कमिटी बैठक बसेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड माधव समूह नेतृत्वको नेकपाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।