१२ कार्तिक २०८३, बिहिबार

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १८ माघ । देशका छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका ५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् ।

यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका ५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही पनि ठाउँस्थित खोल्सामा मृतावस्थामा फेला परेकी छन् ।

यसैगरी संखुवासभाको मादि नगरपालिका ८ दलेनीस्थित खोल्सामा सोही नगरपालिका ९ फाबिङ बस्ने ५५ वर्षीय रत्न बहादुर प्रधान मृत फेला परेका छन् भने भोजपुरको अरुण गाउँपालिका ६ स्थित अरुण नदी र आपखोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।