
काठमाडौँ, १८ माघ । नेकपा प्रचण्ड–माधव पक्षले माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएको छ ।
आइतबारको धर्ना कार्यक्रममा सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।
उक्त समूहले संसद विघटनविरुद्धको विरोध कार्यक्रम अन्तर्गत तेस्रो चरणमा धर्ना कार्यक्रम सुरु गरेको छ ।















प्रतिक्रिया