१० कार्तिक २०८३, मंगलबार

चोरीमा संलग्न नगदसहित तीन जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १६ माघ । इलाका प्रहरी कार्यालय अनारमनीले चोरीमा संलग्न रहेका आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ निवासी ४१ वर्षीय विक्रम दनुवार रहेका छन् । उनका साथबाट प्रहरीले रु एक लाख ४८ हजार ६६५ र भारु एक हजार ५०० समेत बरामद गरेको छ ।

अर्जुनधारा–५ लक्ष्मीपुरका गजेन्द्र कटुवालले सञ्चालन गरेको किराना पसलबाट पैसा चोरी गरेका आरोपमा प्रहरीले दनुवारलाई पक्राउ गरेको हो ।

गए राति उनले पसलबाट पैसा चोरी गरेको र सिसीटिभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

यसैबीच प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज धनतोला पञ्चायत–१ महमारी खरुवानटोल थाना दिगल बैंक निवासी २२ वर्षीय अहमद हुसेन र सोही ठाउँका २६ वर्षीय महमद जमसेह छन् ।

झापा गाउँपालिका–४ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९८० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । रासस