विराटनगर, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहले विराटनगरमा आमसभा गर्ने भएको छ ।
आज हुने सभालाई दाहाल, नेपाल, झलनाथ खनाल लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभाका लागि नेपाल र खनाल बिहीबार बेलुका विराटनगर आइसकेका छन् । दाहाल शुक्रबार बिहान आउनेछन ।
सभामा ६० हजार बढि जनता उतार्ने दाबी गरिएको छ । बरगाछी, तिनपैनी, हाटखोला र रोडषेश चौकबाट जनप्रदर्शन हुनेछ ।











प्रतिक्रिया