शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पेस्तोलसहित एक जना पक्राउ

दैनिक नेपाल २०७७ माघ १५ गते १७:४२

सांकेतिक तस्वीर

काठमाडौँ, १५ माघ । काठमाडौँ महानगरपालिका २६ स्थित टिफेन रेष्टुरेण्ट नजिकबाट सोही महानगरपालिका सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित