१० कार्तिक २०८३, मंगलबार

चिर्पट प्रहार गर्ने पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मकवानपुर, १३ माघ । हेटौँडा उपमहानगरपालिका ४ सानोपोखरा डेरा गरी बस्ने २५ वर्षीय निरज मनियारलाई चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका २ बन्सखण्डी बस्ने ३६ वर्षीय राज तिमल्सिनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका २ बन्सखण्डी बस्ने २२ वर्षीया महिलालाई निरजले हातपात गरेको भन्दै राजले चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले राजलाई पक्राउ गरेको हो ।

घाइते निरजलाई उपचारका लागि हेटौंडा अस्पताल हुँदै पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।