१० कार्तिक २०८३, मंगलबार

बहुविवाह र सवारी ज्यान मुद्दाका २ जना फरार अभियुक्त पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १२ माघ । बहुबिवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका ११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका १ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।

बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाह मुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।