१० कार्तिक २०८३, मंगलबार

ट्राफिकलाई पाँच सय र दुई सय घुस दिन खोज्ने चालकहरू पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ११ माघ । काठमाडौंमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालक पक्राउ परेका छन् ।

शनिबार राति सवा ९ बजे कलंकी खसीबजार सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका प्रहरीले जनाएको छ ।

कलंकी–खसीबजार सडकखण्डमा को १ ख ५००४ नम्बरको टिप्पर चालक पनि पक्राउ गरेका छन् ।

चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए ।