बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मुलुकलाई सही ढंगले अघि बढाउन ईन्जिनियरको भूमिका महत्वपूर्ण छः मन्त्री गिरी

दैनिक नेपाल २०७७ माघ ९ गते २१:२७

-मोहन पौडेल

परासी, ९ माघ । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मुुलुकलाई सही ढंगले अघि बढाउन ईन्जिनियरहरुको ठूलो भूमिका हुने बताएका छन् ।

नेकपा निकट प्रोग्रेसिभ ईन्जियिरिङ्ग एसोयिसशन नेपाल (पीन) पश्चिम नवलपरासीको जिल्ला कमिटी घोषणा समारोहलाई आज सुनवलमा सम्बोधन गर्दै मन्त्री गिरीले ईन्जिनियरले जागिर खाने मात्रै नभई मुलुकलाई सही ढंगले विकास गर्न योगदान गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय गौरव तथा ठूला ठूला आयोजनाहरु निर्माण गर्न विदेशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने तथा ठेक्का लिएर वर्षाैैँसम्म अधुरै रहने समस्यालाई ईन्जिनिरयरहरुले समाधानको भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।

नेकपाका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री गिरीले अर्काे प्रसंगमा दुई तिहाई प्राप्त सरकारलाई काम गर्न नदिईएपछि जनतामा जानुको विकल्प नभएको जिकिर गरे ।

उनले मुलुकको स्थायीत्वका लागि अदालतले उचित निर्णय लिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा काम र लोकप्रियता देखेर पार्टी भित्रैबाटै षडयन्त्र रचिएको आरोप लगाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशकै अर्थ,उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले मुलुकको समृद्धि र स्थिरताको लागि यूवाको काँधमा जिम्मेवारी आएको बताए । प्राविधिक जनशक्ति उत्पादन धेरै गर्ने देश छिटो समृद्धहुने भएकोले प्राविधिक जनशक्तिको ठूलो भूमिका रहेको उल्लेख गरे ।

पीन लुम्बिनी प्रदेश अध्यक्ष जीवन अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य विमला अर्याल, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, पीनका केन्द्रिय सदस्य एवं प्रदेश ईन्चार्ज दुजेन्द्र बस्नेत, रुपन्देही अध्यक्ष सुजित भण्डारी, प्रदेश सचिवालय सदस्यहरु दीपक भट्टराई, विक्रम पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । भेलाले राजु ढकाल अध्यक्ष रहने गरी २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित