शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

दैनिक नेपाल २०७७ माघ ९ गते २०:३०

फाइल तस्वीर

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति प्रति संकेत गर्दै अदालतलाई धम्की नदिन चेतावनी दिएका हुन् ।

प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभामा त्यस समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुमाउरो पारामा सर्वोच्च अदालतमाथि धम्कीको भाषा प्रयोग गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले वास्तविक जनप्रदर्शन माघ २३ गते हुने बताए ।

शुक्रबार प्रचण्ड–माधव समूहको गरेको विरोधसभा तथा प्रदर्शन सामान्य भएको टिप्पणी गर्दै वास्तविक जनप्रदर्शन माघ २३ गते आफूहरुले गरेर देखाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित